दफा ४२०
घर व्यवहारको लागि सगोलको सम्पत्ति बिक्री गर्न सक्ने

दफा ४१९ मा जुनसुकै कुरा लेखिएको भए तापनि घरको मुख्य व्यक्तिले घर व्यवहारको लागि चल सम्पत्तिमा सबै र अचलसम्पत्तिमा आधासम्म कसैको मञ्जुरी नलिइकन सगोलको सम्पत्ति बिक्री गर्न सक्नेछ ।